२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

“जय मातृभूमि” भन्दै समाजवादी बैठक सम्पन्न

दैलो न्युज दैलो न्युज
मंसिर १, २०७६ ०४:२२ मा प्रकाशित
“जय मातृभूमि” भन्दै समाजवादी बैठक सम्पन्न
ShareTweetPin

काठमाडौं, ३० कार्तिक ।
भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण बारे चर्को राजनीतिक वहस भैरहेको अवस्थामा समाजवादी पार्टीले साझा सम्बोधनका रूपमा जय मातृभूमिको सम्बोधन पारित गरेको छ ।
पार्टीको दुई दिने केन्द्रीय समिति बैठकले पहिचानजनित सम्वोधनसँगै “जय मातृभूमि” को सम्बोधन नारा पारित गरेको हो । पार्टी केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले बैठकको अन्तिममा पहिचानजनित सम्बोधनसँगै साझा सम्बोधनका रूपमा जय मातृभूमि सम्बोधन प्रस्ताव गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री समेत रहेका यादवले भने -“जय मधेस, जय लिम्बुवान, जय किरात, जय ताम्सालिङ लगायत १०+१ प्रदेशको पहिचानजनित सम्बोधनसँगै राष्ट्र पनि प्रमुख हो । त्यसैले जय मातृभूमि सम्बोधन जोडेर लैजानुपर्छ ।”
बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी मधेस आन्दोलनकै जगबाट उठेको पार्टी भएको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री भट्टराईले भने -“आजको समाजवादी पार्टी हिजोको मधेस आन्दोलनको जगबाट निर्माण भएको हो । यसमा कसैले द्विविधा राख्नुहुँदैन ।”
माओवादी विद्रोह, मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, खस आन्दोलन लगायत आन्दोलनहरुको उपलव्धिका रूपमा प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समुन्नत सङ्घीय समाजवादको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न भट्टराईले बैठकबाट आह्वान गरे ।
केन्द्रीय समिति बैठकले सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईबाट कार्तिक २८ गतेको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणको लागि वरिष्ठ नेता अशोक राईबाट प्रस्तुत प्रस्ताव पारित गरेको हो । नेता राईले पार्टी केन्द्रीय कार्यालय निर्माणको लागि ७ करोड अनुमानित लागत सहितको प्रस्ताव पेस गरेका थिए ।
दुई दिने बैठकले नहासचिव रामसहाय यादवबाट प्रस्तुत सांगठनिक प्रतिवेदन पारित गरेको छ । पार्टी संगर्हन निर्माणको लागि ५ महिने “समाजवादी जनअभियान” सन्चालन गर्ने निर्णय भएको हो । अभियान मंसिरबाट सुरु भएर चैत महिनामा समाप्त हुने बताइएको छ ।
त्यस्तै हेमराज राई र नवराज सुवेदीबाट प्रस्तावित पार्टी नियमावली छलफलसहित पारित भएको छ ।
बैठकले केन्द्रीय सदस्यहरु बिजयबिक्रम योक्पाङ्देन र जोगमाया लिम्बूको निधन भएकोप्रति शोक प्रस्ताव पारित गरेको थियो ।

“समाजवादीले तत्काल सरकार नछोड्ने”
यसैबीच समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ ।
सत्ता नेतृत्व दल नेकपाले संविधान संशोधन प्रस्ताव बारे आधिकारिक धारणा प्रस्तुत गरेपछि सरकार बारे निर्णय लिने समाजवादीको ठहर छ ।
बैठकलाई सम्बोधन गर्दै सङ्घीय परिषद् अध्यक्ष भट्टराईले लिखित सहमति अनुसार संविधान संशोधन प्रस्ताव पेस हुने वा नहुने अवस्थाको निर्क्योल गरेर सरकार बारे निर्णय लिइने बताए ।
लिखित सहमति अनुसार नेकपाले संविधान संशोधन बारे कुनै चासो नदेखाएको भन्दै सरकारबाट बाहिरिनुपर्ने केही केन्द्रीय सदस्यहरुले दवाव दिएका थिए । दुई दिने पार्टी बैठकमा केपी ओली नेतृत्वको सरकारमा बसिरहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा बैठकमा चर्चा चलेको थियो । यद्यपि केन्द्रीय समिति बैठकमा सरकारमा सहभागिता बारेको एजेण्डा नै प्रस्तुत भएको थिएन ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us