२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मतदाताहरु भन्छनः उम्मेदवार धर्मराज गुरुङ खोजे जस्तै नेतादेखि कुलमानसम्म (तस्वीर सहित)

दैलो न्युज दैलो न्युज
मंसिर २, २०७६ १६:१९ मा प्रकाशित
मतदाताहरु भन्छनः उम्मेदवार धर्मराज गुरुङ खोजे जस्तै नेतादेखि कुलमानसम्म (तस्वीर सहित)
ShareTweetPin

हुम तमु
पोखरा, २ मंसिर
निर्वाचन नजिकिदै गर्दा कास्की क्षेत्र नं.२ मा समाजवादी पार्टीले चुनावी अभियान तिब्र बनाएको छ। उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन सोमवार पोखरा महानगर वडा नं. १५, १७, ७, ३३, २० र १६ मा चुनावी अभियानहरु गरिएको छ।

पटनेरीस्थित नेपाल मगर संघ ढुंगेसाँघु इकाई समितिको सभाहलमा आयोजित कार्यक्रममा नमुना आमा समुहसहित स्थानीयबासीले उमेदवार गुरुङलाई फुलमालाले स्वागत गरिएको थियो। समाजवादी पार्टी वडा नं. १५ का अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमेदवारले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने पार्टीका नगर सदस्य मिनबहादुर गुरुङले चोटिला मुक्तकहरु प्रस्तुत गर्नुभएको थियो। क्या.नरेश थापाले संचालन गर्नुभएको कार्यक्रममा स्थानीयको तर्फबाट नमुना आमा समुहकी अध्यक्ष देवीमाया भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम पश्चात पटनेरीमा घरदैलो गरिएको थियो भने त्यसपश्चात वडा नं.१५ कै अमिनतारा, टुटुंगा, आँपको बगैचा, बनविज्ञान क्याम्पस, ढुंगेसाँघु, स्यानी पाटन, गलेश्वरचोक, क्रान्तिटोल, शिवशक्ति टोल, फुलवारी लगायतका क्षेत्रमा घरदैलो गरिएको थियो। घरदैलोसँगै पटनेरी, टुटुंगा, आपको बगैचा, ढुंगेसाँघु चोक, गलेश्वर चोक, शिवशक्तिचोक लगायतमा कोणसभाहरु सम्पन्न गरिएको छ। उक्त कार्यक्रमहरु सचेत युवाहरुको तर्फबाट नेत्र चापागाई, रेशम सापकोटा, डिवी गुरुङले मुलुकको विकृति र विसंगति, पार्टी र नेताहरुले गरेका विभिन्न अपराधिक घटना जानकारी गराउदै बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीको हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो।

शिवशक्ति टोलमा वडा निर्वाचन परिचालन समितिका संयोजक जसबहादुर गुरुङको अध्यक्षता र डिवी गुरुङको संचालनमा भएको कार्यक्रममा उमेदवार ई.धर्मराज गुरुङ, केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज देवीप्रसाद सुवेदी, स्थानीय रविलाल पोखरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो।
घरदैलो तथा मतदातासँग भेटघाटमा हात चिन्हका साथ चुनावी अभियानमा रहनु भएका ईञ्जिनियर धर्मराज गुरुङलाई मतदाताहरुले इमान्दार, खोजे जस्तैदेखि लिएर अर्को कुलमान उपमा जस्तै उम्मेदवार प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए। पोखरा १५ पट्नेरी, अमिनतारा, क्रान्तिटोल लगायतका मतदाताहरुले विगतमा धेरै नेताहरुले आफुहरुलाई ढाँटेकाले इमान्दार उमेदवार प्राप्त गरेकाले हात चिन्हमा मतदान गरी विजयी गराउने बताएका थिए। चुनावका बेला चिल्ला कुरा र उधारो आश्वासन बाँडे, हामीले विश्वास गरी मतदान गर्यौं, अमुल्य हाम्रो अभिमतलाई मागीखाने बनाएकाले यस पटकको निर्वाचनमा इमान्दार उमेदवारलाई मतदान गर्ने उनीहरुको भनाई थियो।

पट्नेरी स्थित नमुना आमा समुहकी अध्यक्ष देवीमाया भण्डारीले उमेदवार ई.धर्मराज गुरुङलाई फुलमाला र खादाले स्वागत गर्दै धेरैले आश्वासन दिए तर धेरै पटक निर्वाचित भएर गए पनि व्यवस्थित बसोबास, बाटो, खानेपानीको अत्यन्तै समस्या भएको बताउनुभयो।उहाले पटनेरीमा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएका कारण जन्मदर्तादेखि नागरिकता बनाउन समेत समस्या भएकाले आफुहरु विवेकी बन्दै मतदान गर्ने बताउनुभयो।

यसरी नै अमिनतारा निवासी रामबहादुर मगरले धेरै पटक मत दुरुपयोग भयो, अहिले ईमान्दार भुपू सैनिक उमेदवार घरदैलोमा मत माग्दै आउदा खोजेको जस्तै प्रतिनीधि पाए जस्तो लागेको बताउनुभयो। राम्रो मान्छे चिन्न सक्नुपर्छ भन्दै उहाँले कुलमानलाई पहिला कसले चिनेका थिए र, लोडसेडिङ मुक्त गराए पछि सबैको हाईहाई भए जस्तै कुलमानको रुप लिएर आउनुभएको धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गर्न आफुले आग्रह समेत गर्ने बताउनुभयो।

टुटुंगा निवासी राममाया गुरुङले पुरानाहरुलाई भोट हालेर केही भएन नयाँ जोशका साथ लाहुरे आउनु भएछ हाम्रो रोजाई धर्मराज गुरुङको हात चिन्ह हुनेछ, भन्नुभयो।
शिवशक्ति टोल निवासी दानबहादुर क्षेत्रीले नेताहरुले स्वार्थका लागि आफुहरुको मत दुरुपयोग गर्दै आएको भन्दै अब इमान्दार र मुलुकका लागि सोच्ने नेता आवाश्यक रहेको बताउनुभयो। उहाँले तुलनात्मक रुपमा भुपू सैनिकहरु इमान्दार र बोलेका वचन पुरा गर्ने भएकाले उमेदवार गुरुङ भने जस्तै उमेदवार पाएको बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us