पोखरा,५ मंसिर :
बैकल्पिक राजनितिक शक्तिको दावी गर्दै आएको समाजवादी पार्टीले मंसिर ८ गते आइतवार पोखरामा चुनावी सभा गर्ने भएको छ। मंसिर १४ गते कास्की क्षेत्र नं.२मा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका ई.धर्मराज गुरुङलाई विजयी गराउन चुनाव प्रचार प्रसारको अभियानसँगै चुनावी सभा गर्ने निर्वाचन परिचालन समितिले जनाएको छ
। चुनावी सभामा पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परिचालन समितिका अध्यक्ष गिरीप्रसाद गुरुङले बताउनुभयो।
चुनावी सभा अघि चिप्लेढुंगाबाट चुनावी प्रचार र्याली शुरु भई महेन्द्रपुल, नयाँबजार हुदै लखनचोक(पृथ्वीचोक)मा चुनावी सभा गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो। उक्त कार्यक्रममा वडाबाट मतदाताहरु सहभागी हुने परिचालन समितिका अध्यक्ष गिरीप्रसाद गुरुङले बताउनुभयो।
प्रतिक्रिया लेख्नुहोस्:-