पोखरा, १२ मङ्सिर २०७६:
कलेजले बढी शुल्क लिएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजका १७ विद्यार्थीले अध्यक्ष खुमा अर्याललगायतविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा किटानी उजुरी गरेका छन् । कलेजका विद्यार्थीका अनुसार कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न र सञ्चालकलाई ठगी मुद्दा चलाउन माग गर्दै जिल्ला निवेदन दिएका हुन् ।
०७३/७४ मा भर्ना भएका विद्यार्थीमा केही सँग ५६ लाख असुलिसकेको र तिर्न बाँकी रहेकालाई छिटो बुझाउन दबाब दिएको उजुरीमा उल्लेख गरेका छन् । विद्यार्थीले कलेजका विभिन्न शाखामा तालासमेत लगाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-