काठमाडौँ ३० ,मंसिर २०७६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै गुट भेला बोलाएको छ। सभापति शेरबहादुर देउवाले पेलेरै केन्द्रीय कार्यसमितिको बैठकमा एजेण्डा पेश गरेपछि छलफलको लागि आजै दिउँसो ३ बजे पौडेल पक्षको छुट्टै भेला हुन लागेको हो। ‘देउवा पक्षका नेताहरुसँग पनि हाम्रो साथीहरुले छलफल भयो। उहाँहरु जसरी पनि अधिवेशन नगर्ने, कार्यकाल लम्ब्याउने तयारीमा हुनुहुन्छ वरिष्ठ नेता पौडेलले भने ।
पौडेलपक्षले कार्यसमितिमा आगामी महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने पहिलो शर्त राखेको छ। सभापति देउवाले त्यसलाई अटेर गरी सांगठानिक संरचना पूरा गरेपछि मात्रै अधिवेशनको कार्यतालिका आउने बताउँदै आएका छन्। संस्थापन पक्षले गत शनिबारदेखि नै पौडेल पक्षलाई फकाउने प्रयास जारी राखेको छ। शनिबार पौडेल निवास सभापति देउवा आफैँ गएका थिए। त्यस लगत्तै उपसभापति बिमलेन्द्र निधि र बरिष्ठ नेता प्रकाशमान सिंह लगायतार छलफल गर्दै आइरहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-