काठमाडौं, १३ पौष २०७६: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले गरेको प्रदेश न:३ को नाम बागमती राख्ने निर्णय प्रति तामाङ्ग समुदायको साझा सस्था नेपाल तामाङ्ग घेदुङ्गले गम्भीर आपति जनाइएको छ ।
आइतबार नै नेपाल तामाङ्ग घेदुङ्गका अध्यक्ष मोहन गोले तामाङ्गद्वारा हस्तक्षार विज्ञप्तिमा एतिहासिक सभ्यताको ख्याल नगरी पंचायती नाम बिउत्याउने किसिमले गरेको निर्णय अविलम्ब फिर्ता गरि नेवा : तामसालिङ्ग राख्न माग गरेको छ ।
साथै जनताको भावना विपरित गरेको निर्णयबाट भविष्यमा कुनै पनि घटना घटेमा नेकपा जिम्मेवार हुनु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्:-