काठमाडौं, ४ माघ २०७६: गायिका आस्था राउतले सिक्किम कन्सर्टका लागि उड्नै लाग्दा भद्रपुर विमानस्थलको चेकजाँच गर्ने प्रहरीले आफुमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।
यसै विषयमा लोकप्रिय गायक राजेशपायल राईले भने मध्यधारकाे स्टाटस लेखेका छन् । कुनै एयरपाेर्टमा भारतीय कलाकार साहरुख खानलाई भित्री वस्त्र नै चेक गरेकाे प्रसंग जोड्दै कुनै पनि पक्षमा नरही तटस्थ स्टाटस लेखेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लखेका छन् –
“एयरपोर्टमा साहरुख खानलाई त झन कट्टुमै चेक गरेको थियो । त्यो उस (प्रहरी)काे अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो चेकिङमा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग) पनि पाइदैन उनी बहिनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी सो द भ्वइसकी कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ, तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार ।धेरै रुन्ची नबन, अब तिमी ठुली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवस्यक छ’ ।”
प्रतिक्रिया लेख्नुहोस्:-