२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विदेशी नागरिकलाई सरकारकाे आग्रह : ‘रुघाखाेकी र श्वासप्रश्वासमा समस्या देखिए तत्काल अस्पताल जानुस्’

दैलो न्युज दैलो न्युज
माघ १०, २०७६ ०७:४६ मा प्रकाशित
ShareTweetPin

काठमाण्डाै – कोरोना भाइरस प्रभावित देशबाट आएका नागरिकलाई रुघाखोकीसँगै धेरै ज्वरो आए र सास फेर्न समस्या भए तत्काल अस्पताल जान सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना निकालेर कोरोना भाइरस प्रभावित देशबाट आएका नागरिकलाई दुई हप्ताभित्र रुघाखोकी लागे, सय डिग्रीभन्दा धेरै ज्वरो आए, घाँटी र टाउको दुखे, सास फेर्न समस्या भए तत्काल उपचार गराउन आग्रह गरेको हो ।

चीनमा प्रकोपकै रुपमा फैलिरहेको कोरोना भाइरसको लक्षण सामान्य रुघाखोकीबाट नै सुरु हुने भएकाले सतर्क हुन तर नआत्तिन पनि सरकारले आग्रह गरेको छ । कोरोना भाइरसका कारण हुने रोगको अहिलेसम्म कुनै उपचार नभएकाले सुरुमै ख्याल गर्न सूचनामा भनिएको छ । यो भाइरस व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले रुघाखोकी तथा श्वासप्रस्वासमा समस्या भएका बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधैँ सम्पर्क नगर्ने तथा अण्डा र मासु राम्ररी पकाएर मात्र खान र फ्लुको जस्तो लक्षण देखिए अस्पताल जान महाशाखाले सुझाव दिएको छ । सामान्य रुघाखोकी नै कोरोना भाइरसको लक्षण भएकाले सतर्कता अपनाउनु पर्ने तर मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्नु स्वभाविक भएकाले नआत्तिन पनि महाशाखाले आग्रह गरेको छ । 

यसैबीच उपयुक्त प्रविधिको अभावमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको छ । सरकारले चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपाल भित्रने यात्रुको पनि जाँच गर्न थालेको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने क्षमता नभएकाले भाइरस सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको हो ।

अहिले विमानस्थलमा ‘थर्मल स्क्यानर’ ले मानिसको भिडमा शरीरको तापक्रम जाँच्ने र सय डिग्रीभन्दा माथि ज्वरो आएका मानिस पत्ता लगाउने र यसकै आधारमा सोधपुछ गर्ने काम भइरहेको विमानस्थल सञ्चालन निर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कुराकानी गर्दा शङ्का लागेका व्यक्तिलाई मात्र अस्पताल पठाउने गरिएको छ । यसले सङ्क्रमित व्यक्ति नेपाल भित्रने जोखिम बढेको हो । यस्तै रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको शनिबारदेखि स्वास्थ्य परीक्षण गरिने भनिए पनि प्रविधिको अभावमा के गर्ने भन्ने अन्याेल देखिएको छ । 

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us