१३ माघ,काठमाडौं । “तामाङ जातीको सांस्कृतिक पर्व ल्होछारको प्रवर्द्धन हाम्रो अभियान !” भन्ने मूल नाराका साथ बिगतमा जस्तै गरी ह्याङ्ला दोलखा-काठमाडौ तामाङ समाजले यसपालिको मन्जुश्री सम्बत २८५६ औ जिवा/नम्युङ ल्हो (मुसा बर्ग) सोनाम ल्होछार मनाउने भएको छ ।
यहि आउदो २०७६ माघ २५ गते शनिबार काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिल सुकेधारामा शुभकामना आदानप्रदान तथा “बृहत ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रम” आयोजना गरिएको समाजका अध्यक्ष सरोज मोहन लामा तामाङले जानकारी दिए ।
कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्न चाहाने दोलखाली कलाकारहरुले समयमा नै समन्वय गर्न समेत तामाङले आग्रह गरेका छन् ।
नाम र आफ्नो प्रस्तुती टिपाउनका लागि निम्न व्यक्तिसंग सम्पर्क गर्न सक्नुहुनेछ ।
कलाकार समितिका सदस्यहरु श्री रामकृष्ण लो तामाङ : ९८५११३००२२, श्री छेवाङ तेन्जिङ लामा : ९८४१२८१०५२, श्री अनिता गोले : ९८६०५८०९८७ र श्री मीन योन्जन : ९८४१२४११२८
कार्यक्रमका विशेष आकर्षणहरु निम्न रहेको आयोजक पक्षले जानकारी दिएका छन् ।
१. दोलखा जिल्लामा भएका सबै जातजातिको सांस्कृतिक कला झल्काउने नृत्य (डान्स) प्रस्तुत हुनेछ ।
२. तामाङ जातिको मौलिक सांस्कृतिक गीतसंगीतको साथमा नृत्य (डान्स) प्रस्तुत हुनेछ ।
३. तामाङ जातिको तम्बा, बोन्बो र लामाहरुको मौलिक सांस्कृतिक कला झाकी प्रस्तुत हुनेछ ।
४. तामाङ जातिको मौलिक सांस्कृतिक भेषभुषा र खानाको साथै डम्फु र टुङ्नाको प्रदर्शन र प्रस्तुती हुनेछ ।
५. साथै विभिन्न बिधामा ख्याती प्राप्त दोलखाली तथा गैर दोलखाली अतिथि कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-