१५माघ, काठमाडौं । नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको मुख्य भूमिकामा देवेन्द्र न्यौम्माङ, कविता बान्तवा, बाबु मोक्तान ‘विएल’, रस्मीला तामाङ छन् भने रोमनसिंह अनछङ्बो, कृष्णराज नेम्वाङ, पुष्पराज आङबुहाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वनेम, माया लावती आङदेम्बे, सिता लिम्बु लगायतको अभिनय रहेको छ । नेपाली समाजको मौलिकता झल्काउने कथावस्तुमा आधारित चलचित्रमा मुख्यगरी लिम्बु जातीको इतिहार, भाषा, सस्कृति र जीवनशैली समेटिएको छ । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बैनाबट्टा’मा ताप्लेजुङ, इलाम र पाँचथरका लिम्बु गाउँको दृष्य देख्न पाइनेछ ।
करीब ४० लाख लगानीमा तयार भएको चलचित्र बैनाबट्टाले आदिबासी जनजातीको पहिचान गराउन विशेष भुमिका रहने चलचित्रका निर्माता प्रेमराज लावतीले जानकारी दिए ।
राष्ट्रिय नाचघर जमल काठमाडौंमा फागुन २१ गते चलचित्रको प्रिमियर सो हुने भएकोले लावतीले सबैलाई चलचित्र हेरिदिन आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-