२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

व्यवसायिक तालिम र प्राविधिक शिक्षामा जोड दिनुपर्दछः मुख्यमन्त्री गुरुङ

दैलो न्युज दैलो न्युज
माघ १५, २०७६ १४:५३ मा प्रकाशित
व्यवसायिक तालिम र प्राविधिक शिक्षामा जोड दिनुपर्दछः मुख्यमन्त्री गुरुङ
ShareTweetPin

पोखरा,१५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वरोजगार र मुलुक समृद्धिका लागि व्यवसायिक तालिम केन्द्रहरु स्थापना र प्राविधिक शिक्षालयहरुमा जोड दिनुपर्ने बताउनुभएको छ। पाहार ट्रष्ट नेपालको सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको बुधवार पोखरामा उद्घाटन गर्नुहुदै उहाँले सिप विनाको शैक्षिक प्रमाणपत्रले बेरोजगारका साथै मुलुकमा अराजकता निम्त्याउने भएकाले व्यवसायमुलक, रोजगामुलक, मुलुकलाई आवाश्यक प्राविधीक उत्पादन गर्ने व्यवसायिक तालिम केन्द्र र प्राविधीक शिक्षालयहरु आवाश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, विगतमा विद्यालय खोल्ने प्रतिष्पर्धाको नाउँमा हरेक ठाँउ ठाँउमा विद्यालयहरु खोलिदै गयो बसाई सराईले अहिले विद्यालयहरुमा विद्यार्थी अभावले विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्था । अब सार्वजनिक विद्यालयहरु भौतिक पुर्वाधारयुक्त, गुणस्तरीय शिक्षा, पुस्तकालय, प्रयोगशाला र विद्यालयले नै बस सञ्चालन गर्नुपर्दछ, मुख्य मन्त्रीले भन्नुभयो। गण्डकी प्रदेशका लागि चाहिने प्राविधीक विज्ञहरुको अभाव छ भन्नुहुदै उहाँले सर्टिफिकेट पाउने शिक्षालय नभई हातमा सिप भएको जनशक्ति, प्राविधीक, विज्ञ उत्पादन गर्ने टेक्नीकल इन्स्टिच्युट एवम प्राविधीक विद्यालय, विश्वविद्यालयमा जोड दिनुपर्ने बताउनुभयो। यस्तै अनुभवले गण्डकी सरकारले स्याङजा फेदिखोला रामकोटमा गण्डकी कलेज अफ टेक्नोलोजी स्थापनाका लागि पहल भईरहेको जानकारी दिनुहुदै उक्त कलेजबाट निशुल्क व्यवसायिक तालिम दिइएने उहाँले बताउनुभयो।

प्रमुख अतिथि गुरुङले भन्नुभयो, त्रिभुवन विश्व विद्यालयमा शैक्षिक योग्यता, प्राज्ञिक मर्यादा भन्दा पनि राजनीतिक भर्ना केन्द्र बनेको भन्दै आलोचना गर्नुभयो। विश्वविद्यालय विज्ञहरुको केन्द्र बन्नुपर्नेमा पार्टीकरण हुनाले अहिले पिएन क्याम्पसमा दैनिक ज्यालादारी, करार प्राध्यापकहरु थुप्रिएर आन्दोलित भएको आरोप समेत लगाउनुभयो। शैक्षिक क्षेत्रमा अराजकताका कारण विकल्प खोज्न विद्यार्थी विदेश पलायन भएको यथार्थलाई हो भन्नुहुदै युवा पलायन रोक्न पनि व्यवसायिक तालिम र प्राविधीक शिक्षा जरुरी रहेको उहाँको जोड थियो।

हिमाली, पहाडी, दुर्गम र शिक्षाको पहुँच भन्दा टाढा रहेका क्षेत्रमा पाहार ट्रष्टले शिक्षालयको भौतिक निर्माण,होस्टेल, पुस्तकालय, प्रयोगशाला, स्वास्थ्यकेन्द्र लगायतका क्षेत्रमा धेरै ठुलो योगदान पुर्याएको भन्दै प्रसंसा गर्नुहुदै मुख्य मन्त्री गुरुङले अब पाहार ट्रष्टले व्यवसायिक तालिम केन्द्र र प्राविधीक शिक्षा अध्ययन हुने विद्यालयहरुमा होस्टेल निर्माणमा विशेष सहयोग गर्न आग्रह गर्नुभयो।

गण्डकी प्रदेश सरकारले अहिले शुरुमा परिक्षण स्वरुप उच्च हिमाली जिल्लाहरु मुस्ताङ, मनाङ र म्याग्दी जिल्लाका ५ वटा ठाउँमा विद्यालयहरु मर्ज गरी होस्टेल र यातयातको सेवा समेत दिने गरी विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

प्रमुख अतिथि गुरुङले नेपालमा संघीयता आईसकेपछि स्थानिय तहमा धेरै जिम्मेवारी हस्तान्तरण हुँदा यसको मार शिक्षा क्षेत्रमा परेको भन्दै उहाँले नेपालको शैक्षिक क्षेत्र अहिले अस्तव्यस्त अवस्थामा रहेको भन्दै राज्यले यसको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

पाहार ट्रष्टले नेपालको ग्रामीण भेगको शैक्षिक क्षेत्रमा नेपाल सरकारले समेत गर्न नसकेको काम गरिरहेको भन्दै टाठोबाठो र नेताहरुले यति काम गरेको भए कयौं प्रचार हुने भन्दै सोझो र भू.पू.हरुले नेतृत्व गरेको संस्था भएकोले ठूलाठूला परियोजना समेत चुपचाप सम्पन्न हुने गरेको बताउनुभयो ।

स्थानिय तहहरुले विना अध्ययन र योजना विना नै भौतिक संरचनाहरु तयार गर्दा केही समयमा नै त्यो संरचना कामै नलाग्ने भएको र यसले राज्यको करोडौं रुपैंया नोक्सान भईरहेको भन्दै अबदेखि कुनै नयाँ ठाउँमा विद्यालय भवन, अस्पताल, विश्वविद्यालय आदि बनाउदा यसको सम्भाव्यता अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका निमित्त प्रमुख लोकराज आचार्यले गाँउ गाँउका विद्यार्थी अभावले अब बिग स्कुलको अवधारणा अघि बढ्ने बताउनुभयो मानवीय मुल्य, मान्यता, नैतिकवान विद्यार्थी उत्पादन गर्ने शिक्षा प्रदान गर्नुपर्ने आवाश्यकतामा जोड दिनुहुदै उहाँले मुल प्रवाहीकरण हुन नसकेको क्षेत्रमा पाहार ट्रष्टले उदाहरणीय योगदान पुर्याएको बताउनुभयो । एक न एक दिन पाहार ट्रष्टको योगदानलाई राज्यले उच्च मुल्यांकन गर्ने बताउनुभयो।

प्रमुख सल्लाहकार क्या.पुर्णबहादुर गुरुङले शुभकामना दिनुहुदै गाँउका विद्यालयहरु मर्ज होइन विद्यार्थी नपुगे स्थगन गरी बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो। नेपालका नेता र निति राम्रा नभएकाले सबै ठाँउमा अस्तव्यस्तता आएको भन्दै ग्रामिण भेकको शिक्षा क्षेत्रमा पाहार ट्रष्टको योगदान अतुलनीय रहेको बताउनुभयो।

कार्यक्रममा हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले शुभकामना दिनुहुदै अब निति बनाउनेहरुले बसाई सराईको अनुपातलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। पाहार ट्रष्टले विद्यालय बनाउने, पुस्तकालय र विविध सहयोग मात्रै नभई ग्लोबल स्कुलसँग सम्बन्ध विस्तारले शिक्षासँगै इको टुरिजमको समेत विकास भएको भन्दै पाहार ट्रष्टको सह्राना गर्नुभयो।

पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव विजुली बहादुर गुरुङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन, अपरेशन म्यानेजर कान्ता घलेले यस वर्षको प्रस्तावित योजनाहरुको बारेमा जानकारी दिनुभएको थियो। कार्यक्रममा उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत, आजीवन सदस्य विष्णु गुरुङले मन्तव्य र सचिज रिना रानामगरले कार्यक्रम संचालन गर्नुभएको थियो।

तेश्रो अधिवेशनले आगामी तीनवर्षका लागि धनबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको छ।अध्यक्ष चन्द्रबहादुर गुरुङले संस्थाको नेतृत्वबाट विदा लिनुभए पश्चात निवर्तमान उपाध्यक्ष गुरुङको नेतृत्वमा गठित समितिको सदस्यहरुमा बिजुलीबहादुर बहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, रिना रानामगर, शान्तादेवी गुरुङ, भगवान पन्त, मिनजंग गुरुङ, लक्ष्मी थापा गिरी, विष्णुहरी तिमिल्सीना चयन हुनुभएको छ। कार्यसमितिको बैठकले पदाधिकारी चयन गरिने निवर्तमान महासचिव बिजुली बहादुर गुरुङले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us