खतेडाँडा, मादी गापा-७, १८ माघ २०७६: तामाङ समुदायको महान सांस्कृतिक पर्व मन्जुश्री संवत २८५६ औं सोनाम ल्होछार जिवा ल्हो उपलक्ष्यमा नेताघे मादी गाउँपालिका वडा नं. – ७ प्रगतिशील आमा समूह र शितल चौतारी युवा संयुक्त रुपमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दिपक वाईबाले नेपालको विगतदेखि वर्तमानसम्मका सबै परिवर्तनका आन्दोलन र संघर्षहरूमा तामाङ समुदायको पनि महत्वपूर्ण योगदान र वलिदान रहेकोमा परिवर्तन पश्चात यो समुदायलाई राज्यले कुनै न कुनै रुपले विभेद कायम गर्दै आएकोले राज्यको हरेक निकायमा यो समुदायको उपस्थिति प्राय शुन्य रहेकोले अब सबै सजक भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । साथै कुलमान घिसिङ्गको उदाहरण दिदै अवसर प्राप्त गरे इमान्दारीपूर्वक अतुलनीय योगदान दिन सक्ने भएकोले सामान्य रुपमा नलिन राज्यलाई चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग (नेताघे)का संघीय सदस्य हरिमान तामाङ, प्रदेश सचिव सुन्दर थोकर, जिल्ला अध्यक्ष मान बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष लाल बहादुर गुरुङ , नेताघे जिल्ला सचिव टेक तामाङ लगायत नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-