पोखरा ,२७ माघ २०७६: पोखरामा क्रियाशिल व्यवसायिक युवाहरुको क्लव युथ कम्युनिटी क्लवको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पूर्ण श्रेष्ठ निर्वाचित भएका छन । शनिवार पोखरामा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा जयन्ती मोक्तान सचिवमा कृष्ण प्रसाद दाहाल ,कोषाध्यक्षमा बिकास गुरुङ रहेक छन। यसै गरी सदस्यहरुमा स्नेहा गुरुङ मान बहादुर शाही , मोहन शाही , इशा गुरुङ , चिन बहादुर गुरुङ ,सर्मिला लामा र अनिल श्रेष्ठ छन ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक तथा कानुन मंत्री हरि चुमान क्षेत्रीले छरिएर रहेका विभिन्न पेशा व्यवसाय अपनाएर बसेका युवाहरुलाई सङ्गठित गर्ने कार्य प्रशंसा योग्य रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-