माघ १४- प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शुक्रबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिसलाई २५-२३, २५-२३ र २५-१७ को सोझो सेटमा हराउँदे आर्मी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा आर्मी, पुलिस, सशस्त्र प्रहरीका साथै पाँच विकास क्षेत्रका भलिबल टिम सहभागी थिए ।
विजेता टिम आर्मीले ३ लाख नगद हात पारेको छ भने उपविजेता पुलिसले डेढ लाखमा चित्त बुझाएको छ । तेस्रो भएको पश्चिमाञ्चल भलिबल टिमले ७५ हजार रुपैयाँ पाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-