भक्तपुर, नगरकोट । २०७६ फागुन १८ आइतवार । आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रा.लि.द्वारा आज नगरकोटस्थित हिलसाइट रिसोर्टको सभाहलमा “बिजिनेश बिल्डीङ वर्कसप”को आयोजना गर्दै कम्पनीको प्रतिनिधिहरुलाई वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी विक्रेताहरुको विशेष कार्यक्रम शुभारम्भा गरेको छ । नेपाल अधिराज्यभरिका बिभिन्न जिल्लाबाट विक्रेता तथा वितरक र सर्भिस सेन्टरका प्रतिनिधिहरुलाई कानुनी सल्लाहकार तिलबहादुर भट्टराईले कम्पनीको “आचार संहिता” सहित “वस्तुको प्रत्यक्ष विक्री” सम्बन्धी कानूनमा व्यवस्था भएका विषयवस्तुहरुका बारेमा विक्रेताहरुलाई बुँदागत रुपमा विषेश जानकारी गराएका थिए ।
आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर हेमन्तबहादुर पलको अध्यक्षतामा र राजकुमार दंगालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम प्रोडक्ट रिसर्च डाइरेक्टर भक्त थोकरले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रवन्ध निर्देशक श्रीबल्लभ नेपाल, कानूनी सल्लाहकार तिल बहादुर भट्टराई, बजार व्यवस्थापक प्रमुख बिरेन्द्र न्यौपाने, कम्पनीका डाइरेक्टर टेकबहादुर तामाङको सहभागिता थियो । बजार व्यवस्थापक प्रमुख बिरेन्द्र न्यौपानेले विक्रेताहरुले बजारमा सामना गर्नुपर्ने बिभिन्न विषयहरुलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्ने “बाधा व्यवस्थापन” बारे सहजीकरण गर्नुभएको थियो । कम्पनीका अर्का डाइरेक्टर टेकबहादुर तामाङले विक्रेताहरुले एक आपसमा पालना गर्नुपर्ने आधारभूत व्यवसायिक नैतिकताबारे बुँदागत रुपमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा विशेष वक्ताका रुपमा उत्प्रेरक तथा योगा मास्टर सिमोन न्यौपानेले “हेप्पी लाईफ, हेल्थी लाईफ र वेल्थी लाईभ”बारे विशेष प्रस्तुती दिनुभएको थियो । कम्पनीको प्रोडक्ट रिसर्च डाइरेकटर भक्त थोकरले स्वास्थ्य सौन्दर्य र समृद्धिको बारेमा जनचेतना कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम प्रस्तोताहरुले गर्नु पर्ने कार्यक्रमको आधारभुत विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि राजकुमार दंगालले नेपालमा प्रत्यक्ष विक्री प्रणालीको इतिहास र वर्तमानको व्याख्या गर्दै आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रा.लि.कसरी स्थापना भयो भन्ने कुराको जानकारी गराउनु भएको थियो । आइबोस प्रदेश नम्बर १ का इन्चार्ज नारायण योङहङले मानव स्वस्थसंग प्रत्यक्ष सरोकार राख्ने पाचन प्रक्रिया र क्लोरोफिल खाद्यपुरक तत्वबारे अफ्नो अनुभव सुनाएका थिए । उक्त कार्यक्रममा काठमाडौंबाट अनिल पराजुली, ललितपुरबाट रविन नेपाली, पोखराबाट सन्तोष अधिकारी, नेपालगञ्जबाट शुशील कुमार गुप्तले बिभिन्न विषयमा आ–आफ्नो प्रस्तुतीहरु राख्नुभएको थियो । फागुन १७ र १८ गते दुईदिनसम्म चलेको उक्त कार्यक्रममा ३५ जना बिक्रेता वितरक सहभागीहरुले आफूले कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा आ–आफ्नो प्रस्तुतीहरु गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कम्पनीका प्रबन्ध निर्देशक श्री बल्लभ नेपालले एक विशेष मन्तव्य दिँदै कम्पनीले यथाशिघ्र स्वास्थ्य र सौन्दर्यबारे नेपालको प्रमुख शहरहरुमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम आयोजना गर्ने जानकारी गराउदै उत्प्रेरक मन्तव्य सहित सबै सहभागीहरुलाई शुभकामना दिंदै कार्यक्रम समापन गर्नुभएको कुरा बिगेन्द्र सिंह वाईबा तथा सुप्रीम वाईबाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-