पोखरा, १७ फागुन २०७६:
२८५६ औ जीवा ल्हो सोनाम ल्होछार को अवसरमा आयोजित “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यकम” पोखराको सिम्पानी कस्केरी फुटबल खेलमैदान मा सम्पन्न भएको छ।
शनिवार आयोजित उक्त कार्यक्रमको प्रमुख अथिति पूर्व कानुन राज्यमन्त्री माननीय दिलमान तामाङ्ले राज्यबाट सविधानत् प्राप्त गरेको सबै अधिकार हामीलाई नदिएपनि अब सबै उत्पीडित समुदाय एक जुट भएर आफ्नो हक अधिकार प्राप्तिको लागि राजनीतिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । तामाङ् समुदायको आफ्नै संस्कृति र संस्कार रहेकोले जो जहाँसुकै भएपनि संस्कार र संस्कृतिको जगेर्ना गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गायक युबि मङ्ग्रेस, सेलो तथा म्हेन्दो माया गयिका बबिता पाख्रिन , म्हेन्दो माया गायिका टीका माया चोथेन, निर्देशक तथा म्हेन्दो माया गायक दिल कुमार पंचोथेन, म्हेन्दो माया गायक राम गोम्जा, मिस तामाङ पोखरा दिप्ती गोम्जा,पत्रकार तथा मोडेल डोल्मा मनङ्थेन, म्हेन्दो माया गायक जोङ्बा कान्छा लगायत ले तामाङ सेलो तथा म्हेन्दोमाया गीतको प्रस्तुति दिएका थिए ।

कमिडियन तथा गायक मर्नेन वाईवा, मोडेल शान्ती तामाङ, सीता पङ्चोथेन तामाङ, माया थोकर तामाङ र सुरज गोम्जाले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रम को बिशेस आकर्षण को रुपमा रहेको म्हेन्दोमाया गित तथा नाच हेर्न को लागि पोखरा आसपास तथा गोरखा तनहु बाट पनि उल्लेख्यरुपमा तामाङ् समुदायको सहभागिता रहेको कार्यक्रम संचालक रावत जोम्जा ले बताउनु भयो ।

तामाङ् समुदाय भित्र को पृथक र मौलिक पहिचान बोकेको म्हेन्दोमाया सस्कृतिलाई यसरि भब्य कार्यक्रम मार्फत सबैलाई गित संगीतद्दारा देखाउन बुझाउन पाउदा हामि निक्कै हर्सित भएको कार्यकम का अध्यक्ष मेक बहादुर तामाङ बताउदै आगामी दिनहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्त्ता समेत् ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-