काठमाडौं, १९ फाल्गुन २०७६:
नेपाली गीतसंगीतको बजारमा यत्तिबेला दिनहु नयाँनयाँ म्युजिक भिडियो, गित सार्वजनिक भैरहेको छ । लोक, आधुनिक, पप, र्याप, तामाङ सेलो एकसेएक युट्युबमा आइरहेको पाइन्छ। कुनै गितले धेरै दर्शक, श्रोता बटुल्छन भने कुनैले सन्तोषजनक नै हुन्छ यद्दपि कुनै भने भ्युज बढाउनेकै लागि अनेक उपाय प्रयोग गर्नेहरु पनि कम छैन नेपाली गीतसंगीतको बजारमा । यी यस्ता क्षणिक पपुलर हुनेहरुले नै आज वास्तविक सांगीतिक क्षेत्रमा आफ्नो जीवन सुम्पिनेहरु गुमनाम बस्न बाध्य बनाएको छ भन्दा अतिसयोक्ति पक्कै नहोला यद्दपि उनीहरु खुसि नै देखिन्छन किनकि उनीहरुले बुझेका छन् छिटो पग्लिने घ्यू छिटै जम्छ पनि भनेर ।
अहिलेको अवस्थामा तामाङ्ग गीतसंगीतले पनि निकै प्रगति गरेको देखिन्छ पछिल्लो समय प्रोडक्सन हाउस अथवा कम्पनि बढे सगै गितसंगीतालाई पनि मलजल भएको देखिन्छ । अझ भनौ इन्टरनेटको सुविधा बढ्न थालेपछि त् झन सांगीतिक क्षेत्रको उचाइ बढेको बढ्यै छ । हामि पनि यहि कामना गर्छु कि अब तामाङ्ग सांगीतिक क्षेत्रले पछि फर्केर हेर्न नपरोस ।
पछिल्लो समय तामाङ सेलो जगतमा आफ्नो छुट्टै दर्शक, श्रोता बटुल्ने अनि आफ्नो पहिचान स्थापित गर्न लागि पर्ने थुप्रै तामाङ कलाकारहरु देखा परेका छन त्यस मध्यमा गायक बैरागी मोक्तान तामाङ्ग पनि एक हुन ।
गायक मोक्तान २०७२ सालको महाविनासकारी भुकम्प र नाकाबन्दीको कथाव्यथा “कातिके पुर्नेको मेलामा” बोलको फापरे गित लिएर सांगीतिक क्षेत्रमा लागेका हुन् । जुन निकै दर्शक श्रोताको मन मष्तिस्कमा बस्न बसाउन सफल भयो ।
पहिलो गितले सबैको मन जितेपछि शब्दकार तिर्थ थोकरको शब्द र स्वर, संगीत मोक्तान आफ्नै रहेको दोश्रो गित “हाम्रो त रामेछाप जिल्लामा” बोलको गित बजारमा ल्याएका मोक्तान पछिल्लो समय विभिन्न कार्यक्रम व्यस्त सगै सांगीतिक क्षेत्रमा निरन्तर लागिरहनु भएको छ ।
फापरे गीतको माध्यमबाट तामाङ्ग जनजिवनलाइ प्रस्ट उजागर गर्ने भएकै कारण मोक्तानको अहिले बालक देखि बृद्ध आमाबुबाको मुखमा उहाकै गित झुण्डिने गर्छ । यसैको प्रभाव भन्नुपर्छ गाउँ घरको कुनै कार्यक्रममा मोक्तान स्टेज चड्ने बितिकै आमाबुवा डम्फु बोकेर नाच्न अगाडी बढेको देखिन्छ।
मोक्तान भन्नु हुन्छ “सबैको न्यानो माया र आशिर्वादलाई शिरमा राखेर फेरि डम्फु गित भिडियोको कोशेली लिएर आएको छु सायद सबैले माया गर्नु हुनेछ भन्ने आखा गरेको छु ” ।
यो नयाँ गित भने सानू मोक्तानले बजारमा ल्याएको हो।
शब्द: दोर्जे मोक्तान , संगीत: बैरागी मोक्तान र स्वर चर्चित गायिका इन्दिरा गोले र स्वयम बैरागी मोक्तान ।
जुन गित भिडियो नेपाल अन्जना कृयशन मार्फत सार्बजनिक गरेको हो।
भिडियो हेर्नको लागि तलको लिङ्क मा क्लिक गर्नुहोला।
प्रतिक्रिया लेख्नुहोस्:-