काठमाडौं, १० बैशाख २०७७: समाजवादी पार्टी र राजपाबीच एकता भएको छ । बुधरबार राती सम्पन समाजवादी पार्टी र राजपाबीच भएको छलफलले दुई पाटीबीच एकता गर्ने सहमति भएको राजपाका एक नेताले ईसरोकारलाई जानकारी दिएको छ ।
पार्टी एकता समानताको आधारमा गर्ने, एकीकृत पार्टीको नाम जनता समाजवदी पार्टी राख्ने, पार्टीको झण्डा आयातकार आकारमा रातो र हरियो रंगकोबीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति भएको भट्टराईले इसोरोकारलाई जानकारी दिएका हुन ।
समझदारी पत्रमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-