१२ बैशाख, काठमाडौं । सरकारले ल्याएको दुईवटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् ।
कोरोना भाइरससँग मुलुक जुधिरहँदा राजनीतिमा तरंग पैदा गराएका दुवै अध्यादेश शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत प्रधानमन्त्री ओलीले फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको थियो ।
विपक्षी पार्टी, नागरिक र स्वयम सत्तारुढ दलका नेताहरुबाट व्यापक अलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-