धारन, १३ बैशाख २०७७: महेन्द्र बहुमुखी क्याम्पसले धरानमा डेरा गरी बस्ने पूर्वका ३८ जना विद्यार्थीहरुको उद्दार गरी शनिबार विहान घर सम्म पुर्याइदिएको छ । धरानमा बसेर महेन्द्र क्याम्पसमा अध्ययन गर्ने मोरङ र झापाको विद्यार्थीहरुलाई बस मार्फत घरसम्म पुर्याउने व्यवस्था गरिएको हो ।
चैत ११ गतेबाट गरेको लकडाउनको अवधि एक महिना नाघेकोले गर्दा धरानमा बसेर अध्ययन गर्ने विधार्थी समस्यामा परेका थियो । विद्यार्थीको माग अनुसार बस मार्फत उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको स्ववियू सभापति सागर सरगम चेम्जोङले बताए । ‘हामीले महेन्द्र क्याम्पसको आयोजना तथा हात्तिसार क्याम्पसको समन्वयमा विद्यार्थीहरुलाई उद्दार गर्ने कार्य गरेका हौ’ उनले भने, ‘डेरा गरी बस्ने विद्यार्थीलाई यसरी उद्दार गर्नु परेको यो पहिलो घटना हो ।’ उनले लकडाउन अवधिभर धरानमा डेरा गरि बस्ने विद्यार्थीहरुलाई राहत वितरण तथा उद्दार गर्ने कार्य जारी रहने बताए ।
स्ववियू सचिव दोर्ची शेर्पाको नेतृत्वमा मोरङ र झापाका विद्यार्थीहरुलाई घरसम्म पुर्याउने व्यवस्था गरिएको उक्त क्याम्पस प्रशासनले जनाएको छ । ।’
प्रतिक्रिया लेख्नुहोस्:-