काठमाडौं–यसै साता १३ देशका लागि राजदूत नियुक्तीको सम्भावना छ । सत्तारुढ दलले भागबन्डा गरेका छन् ।
अघिल्लो सरकारले सिफासि गरेका राजदुतको नाम बर्तमान सरकारले फिर्ता लिएपछि ती ठाँउमा राजदूत सिफारिस गर्न लागिएको हो ।
अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन ।
गत बैशाखमा केपी शर्मा ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदुतहरु नियुक्तिको सिफारिस गरेको थियो । जसमा १३ जना कर्मचारी भन्दा बाहिरका व्यक्ति थिए ।
पछिल्लो पटक राजदूतका लागि कांग्रेस, माओबादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा.ऋषीराज अधिकारी अनुसार कांग्रेसको भागमा–६ जना, माओबादी केन्द्रको भागमा–४ जना र राप्रपा को भागमा–३ जना छन् ।
माओबादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र डा.महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । तर, डा. सिंहलाई शुक्रबारको मन्त्रीपरिषदको बैठकले गरिवी निवारण कोषको उपाध्यक्ष छनौट समितिमा विज्ञको रुपमा नियुक्त गरेको छ । अब उनको ठाँउमा माओबादीले अर्को व्यक्तिलाई छनौट गर्ने प्रधानमन्त्रीका साल्लाहाकार अधिकारीले जानकारी दिए ।
अघिल्लो सरकारका पालामा माओवादी केन्द्रबाट डा. सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिसमा परेका थिए ।
यस्तै नेपाली कांग्रेसबाट राजदुत सिफारिसका लागि केही ब्यक्तिहरु चर्चामा छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल, त्रिवि पूर्वउपकुलपति नवीनप्रकाश शाह, पूर्वराष्ट्रपति डा. रामबरण यादवका सल्लाहकार डा. हरि शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, पूर्वमहान्यायाधिवक्ता महादेव यादव लगायतको नाम राजदुत सिफारिसका लागि अग्रपंक्तिमा रहेको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार अधिकारीका अनुसार राजदूत नियुक्त गर्नेबारेमा प्रधानमन्त्रीले यसअघि नै छलफल गरेको बताए ।
माओबादी केन्द्रका तर्फबाट संभावित राजदूतको नाम निश्चित भएपनि कांग्रेस र राप्रपाका तर्फबाट नाम नआएपछि नियुक्तिको पछि धकेलिएको हो ।
कांग्रेसमा संभावित राजदुतहरुको लिष्ट बनेपनि छनौट गर्ने क्रममा रहेको कांग्रेस स्रोतको भनाई छ ।
कांग्रेसबाट नाम सिफारिस हुँदा विक्तिकै मन्त्रीपरिषदले राजदुत नियुक्त गर्ने तयारी रहेको अधिकारीले बताए ।
कांग्रेसले राजदूत नाम दिएपछिसरकारले नयाँ राजदूतहरु नियुक्त गर्ने भएको छ ।
राजदुतको पद खाली भएका देशहरुमा सहसचिव स्तरका कर्मचारीले कार्यबाहक राजदुतका रुपमा काम गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-