१७ बैशाख, काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमित भेटिएको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नं ७ का २१ वर्षिया युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार संक्रमित युवकको र्यापिड परिक्षणमा पोजेटिभ देखिएको हो । चैत्र ७ गते दुबइबाट नेपाल फर्किएका उनको र्यापिड टेष्ट गर्दा मंगलबार पोजेटिभ देखिएपछि थप परिक्षणको लागि स्वाब नमुना टेकु पठाइएको उनले बताए ।
त्यहि ठाउँमा रहेको सनसिटि अपार्टमेन्टमा पनि केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-