१७ बैशाख, काठमाडौं । द्धाल्खा म्यासमुचा खलकले काठमाडौंमा रहेका चेलीहरुलाई राहत वितरण गरेको छ । धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक शहरको रुपमा परिचत दोलखा बजारका नेवार सम्प्रदायका चेलिहरुले काठमाडौंमा रहेका दोलखालीहरुलाई राहत वितरण गरेको हो ।
१३ बर्ष अघि स्थापना भएको द्धाल्खा म्यासमुचा खलक संस्थामार्फत लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवन गुजारा गर्ने ५७ घर परिवारलाई राहत वितरण गरेको हो । संस्थाले नेपालको विभिन्न स्थानमा विवाह भै काठमाण्डौ उपत्यका भित्र बसोबास गर्ने दोलखाली चेलीहरुलाई प्रति ब्यक्ति १ बोरा चामल, ५ किलो चिउरा, ३ केजी दाल, २ केजी चिनी, चियापति, तेल २ पोकालगायतका राहत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष कलावती श्रेष्ठले जानकारी दिएकी छिन ।
उक्त संस्थाले दोलखा बजार भित्र कलात्मक र भव्य पशुपति मन्दिरको पुनर्निर्माण गरी सकेका छन् भने काठमाण्डौ भित्र रहेर बहुसंख्यक दोलखाली चेलीहरुलाई एक जुट गराई बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभीड १९) को महामारीले नेपालसमेत अछुतो नरहेको अवस्थामा नेपाल सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको अवस्थामा संस्थाले कोही दोलखाली भोको नरहोस भन्ने उद्देश्यले उक्त राहत वितरण गरेको जानकारी दिएको छ ।
संस्थाले विद्यार्थी निम्न आयश्रोत भएका व्यक्ति तथा आर्थिक रुपमा कमजोर रहेका काठमाण्डौ भक्तपुर र ललितपुर भित्रका ४५ जना दोलखाली परिवार तथा अन्य १२ जनाको परिवार गरि ५७ जनाको परिवारलाई उक्त राहत वितरण गरेको हो ।
साथै संस्थाले सामाजिक अभियानमार्फत काठमाण्डौ उपत्यका भित्र रहेका दोलखालीहरुलाई दशै, तिहार, तिज जस्ता पर्वमा समेत बिभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-