एजेन्सी / कोरोना भाइरस संक्रमितलाई नीको पार्ने औषधी पत्ता लागेको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।
सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेको छ। लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र रेमडिसिभिरको प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता लागेको हो । अब यो औषधी प्रयोगको अनुमोदन गरिने भएको छ ।
अमेरिकाको औषधी प्रशासनले अहिलेसम्म कुनैपनि औषधीलाई कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेको थिएन । अब उसले रेमडिसिभिरलाई अनुमोदन गर्ने भएको सीएनएनले जनाएको छ । टाइम म्यागाजिनले पनि एकजना वरिष्ठ औषधी प्रशासनका अधिकारीको भनाई उदृत गर्दै रेमडिसिभिरलाई प्रयोगमा ल्याइने लेखेको छ ।
रेमडिसिभिरको औषधी निर्माता कम्पनि गिलिड साइन्सेससँग औषधी प्रशासनले कुराकानी बढाएको सीएनएनले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले भने यसलाई अझै अनुमोदन नगर्ने संकेत गरेको छ । उसले रेमडिसिभिरलाई अनुमोदन गर्नु धेरै छिटो हुने जनाएको छ ।
यसअघि १८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको जनाइएको थियो । यसको परीक्षण सफल भएको खुलासा गरिएको थियो । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै निको भई घर फर्किएको भनिएको छ ।
सिकागो विश्वविद्यालयले परीक्षणमा सहभागी विज्ञ डा. कथलिन मुलानीले आफ्ना विरामीहरु चाँडै डिस्चार्ज भएको तथ्य बाहिर ल्याएकी थिइन् । उनी परीक्षणमा सहभागी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-