२९ बैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमित देखिएको छ । थप संक्रमितसँगै संक्रमितको संख्या १३४ पुगेको छ । मन्त्रालयका अनुसार सोमबार बिहान ११ जनामा संक्रमित देखिएको थियो ।
मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बेलुका भने कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभुमी नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ बर्षिया पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० बर्षिया पुरुष तथा बर्दियाराजपुरका ११ बर्षिया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-