१ जेठ, काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित संख्या २४९ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-