३ जेठ, काठमाडौं । नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट १ जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो ।
धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो ।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्ज पछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन् ।
अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ ।
मृतकको शव दाहसंस्कारको लागि पशुपति आर्याघाट ल्याइएको छ । नेपाली सेना र प्रहरीको टोलीले शब ल्याएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-