४ जेठ, काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । आज नेपाल पूर्णरुपमा लकडाउन भएको ५५ दिन पुरा हुँदा
२९५ जना संक्रमित देखिएका छन भने कोरोनाकै कारण दुइजनाले ज्यान गुमाउनु परेको छ । यस्लाई नियन्त्रण गर्न सरकारले लकडाउनलाई थप गरेको बताए ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-