५ जेठ, काठमाडौं । सोमबार साँझ झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
भारतबाट गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यससँगै नेपालना कोरोना संक्रमण संख्या ३५८ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-