८ जेठ, काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-