९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष, वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुष, कैलालीमा १९, २३ र २६ वर्षका ३ पुरुष, बाँके नरैनापुरका १८ देखि ६१ उमेरका १३ पुरुष, त्यस्तै बाँके राप्ती सोनारीका १८ वर्षिय १ पुरुष, यस्तै मोरङको रतुवामाई- २ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-