२०७९ साउन २४, मङ्लबार
August 9, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

अपांग असहायलाई राहत वितरणका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरद्वारा रकम हस्तान्तरण

दैलो न्युज दैलो न्युज
जेष्ठ १०, २०७७ १३:१६ मा प्रकाशित
अपांग असहायलाई राहत वितरणका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरद्वारा रकम हस्तान्तरण
ShareTweetPin

पोखरा, १० जेठ । कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित, ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने युकेमा २ लाख ५४ हजार १९५ र ३६ हजार ३९३ ले मृत्य र नेपालमा पनि ५४८ जना संक्रमित र ३ जनाको मृत्यु भईसकेको अवस्थामा युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टरले पोखराका असहाय, अपांग र बुद्ध शिक्षार्थीलाई कोरोनाको कहरको अवस्थामा राहातका लागि रकम हस्तान्तरण गरिएको हो।

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेले पोखरामा रहेका अपांगता र असहाय साथै बौद्ध अघौं सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई राहत सहयोगका लागि २ लाख ७६ हजार ४८४ रुपैया हस्तान्तरण गरेको हो।

शनिवार पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा आयोजित कार्यक्रममा समस्यामा रहेका अपांग असहायका लागि राहत वितरण गर्नका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङ, डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उहाँको धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले २ लाख २६ हजार ४८४ रुपैया हस्तान्तरण गर्नुभएको थियो।

यसरी नै बौद्ध अर्घौ सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई खाद्यान्नका लागि डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट ३० हजार र साउथ इष्ट रिजनल तमु धि युकेद्धारा २० हजार गरी ५० हजार गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा गुरुङलाई डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उहाँको धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले हस्तान्तरण गर्नुभएको थियो।

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङको संयोजकत्वमा एक हप्तासमयावधिमा सेन्टरका सदस्यहरुबाट संकलित उक्त रकम जन्मभुमि नेपाल पोखरामा समस्यामा परेका असहाय, अशसक्तहरुका लागि थोरै भने पनि मल्हम पट्टि लगाउन आफुहरुले राहत रकम पठाएको डिबीसीका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिनुभयो।

आफुहरु कोरोनाले अत्यन्तै आक्रान्त युकेमा रहे पनि जन्मभुमिका असहायका लागि संस्थागत सामाजिक उत्तरदात्वि महसुस गरी डिबीसीले सहयोग गरेको महासचिव योगेश गुरुङले बताउनुभयो।देश दुख्दा, परदेशमा रहेका आफुहरुलाई पिडा हुने भएकाले पिडामा थोरे भए पनि साथ दिएको उहाँको भनाई छ।

यसरी नै उक्त कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी कार्यालय सचि मिरा गुरुङलाई डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङले ५ हजार र प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा राहत कार्यक्रममा नेपाल संयोजक चिजकाजी गुरुङले २ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको थियो।

रकम हस्तान्तरण कार्यक्रममा डाइमण्ड बुद्धिष्ट सेन्टरका मण्डप सचिव चन्द्र गुरुङले युकेमा स्थापना गरेको संस्था डिबिसी मार्फत पोखरामा असहाय, अपांगहरुलाई राहत प्रदान गर्न सहयोग गर्न पाउदा मनमा शान्ति मिलेको बताउनुभयो।

बैद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङले कोरोनाको महामारीमा असहाय अपांग र बुद्ध शिक्षार्थीलाई सहयोग गरेकोमा डिबीसीलाई धेरै धेरै धन्यवाद र पुण्य प्राप्ति गर्नुभएको बताउनुयो। दुखीको आत्माले राहत प्राप्त गर्दा उनीहरुको सन्तुष्टिले सहयोगदाताहरुलाई पुण्यलाभ हुने बताउनुभयो।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरङले डाइमण्ड बुद्धिष्ट सेन्टरको असल कर्ममा आफहरुलाई माध्यम बनाएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्नुहुदै प्राप्त राहत रकमबाट अति समस्यामा परेको अपांग असहायलाई तत्काले राहत वितरण गरिने बताउनुयो।

प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा राहत कार्यक्रमका संयोजक चिजकाजी गुरुङले डिबीसीबाट प्राप्त राहत रकमबाट करिब एक सय जना अपांग असहायलाई एक एक बोरा चामल, दाल, तेल, नुन वितरण एकदुई दिनमै वितरण गर्ने जानकारी दिनुभयो।

केही महिना अघि भुपू खेलाड मञ्चद्धारा पोखरामा आयोजित अन्तराष्ट्रिय म्याराथन भव्यताका साथ सम्पन्न गर्न र म्याराथनमा आफै सहभागी हुनडाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङसहितको टिम नै युकेबाट पोखरा आउनु भएको थियो। उक्त अवसरमा पनि अभियन्ता गुरुङले म्याराथन सफल बनाउन मातृभुमिका लागि अभियान गरी ७ लाख ५१ हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो । यसरी नै भुकम्पको पिडामा सिन्धुपाल्चोक जिल्लाको हैबुङमा विद्यालय निर्माणका लागि उहाँको विशेष भुमिका सहितको योगदानको जति प्रसंसा गरे पनि कमि नै हुन्छ

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us