१० जेठ, काठमाडौं । शनिबार राति थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-