११ जेठ, काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय १ पुरुष, नुवाकोट ककनीका ३९ वर्षिय १ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय १ पुरुष, मोरङ बारादशी-३ का ४५ वर्षीय १ पुरुष, बारा, कलैयाका ३२ वर्षीय १ पुरुष, वीरगञ्जका २५ वर्षीय १ पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय १ पुरुष, पर्सा नागवाका ६० वर्षीय १ पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय १ पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय २ पुरुष, रुपन्देही १ का ३२ वर्षीय १ पुरुष, यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय ३ पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-