११ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेवसाईट भारतीय ह्याकरले आफ्नो कब्जामा लिएको छ । प्राधिकरणका अनुसार भारतीय ह्याकरले वेवसाईट ह्याक गरेको भए पनि सम्पूर्ण डाटाहरु सुरक्षित रहेको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ति ह्याकरहरुले आफ्नो शक्तिको महसुस गराउन ह्याक गरेको बताए । उनले भने, ‘हिन्दीमा लेखिएको छ, हामीले हाम्रो शक्ति महसुस गराउन ह्याक गरेको हौं ।’
भारतले उक्त वेवसाईट ह्याक गरे पनि केही बेरमै रिकभरी हुने प्राधिकरणले जानकारी दिएको छ । ‘हामी पर्खिरहेको छौं केही समयमै रिकभरी हुन्छ’, क्षेत्रीले भने । पछिल्लो समयमा नेपाल र भारतबीच लिपुलेक सिमा बिबादका कारण भारतले उक्त काम गरेको हुन सक्ने अनुमान रहेको छ ।
ति ह्याकरहरुले अन्य वेवसाईटहरुसमेत ह्याक गरेको र उक्त काम भारत सरकारको नभए पनि ह्याकर भने भारतकै रहेको प्राधिकरणको भनाई छ । तर उक्त ह्याकरले छोडेको सुचनामा हिन्दीमा लेखेको भएर भारतबाटै ह्याक भएको हुन सक्ने प्राधिकरणको निष्कर्ष रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-