१६ माघ, काठमाडौं । अमेरिकामा रहेका शरणार्थीहरुलाई निर्वासित गर्ने राष्ट्रपति ट्रम्पको फैसलालाई एक अदालतले रोक लगाएको छ । यद्यपि यो अदालती रोक अस्थायी हो । द अमेरिकन सिभिल लिबर्टीज युनियन (एसीएलयू)ले ट्रम्पको आदेशविरुद्ध शनिबार उजुरी परेको थियो ।
एसीएलयूले भनेको छ कि ट्रम्पको आदेशपछि पक्राउ परेका मानिसहरुलाई अदालतको आदेशबिना निर्वासित गर्न मिल्दैन । हवाई अड्डा र यात्राका क्रममा रहेका १०० देखि २०० मानिसलाई हिरासतमा लिइएको मानवअधिकार समूहको अनुमान छ ।
इमिग्रेन्ट्स राइस्ट प्रोजेक्टका एक अधिकारीका अनुसार न्यायाधीशले पक्राउ परेका मानिसहरुको सूची सरकारसाग मागेका छन् । अदालतमा अब फेब्रअरी अन्त्यमा यसबारे अर्को सुनुवाई हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-