२०७९ साउन २७, शुक्रबार
August 12, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चुल्हो निभ्न लागेका ११० परिवारलाई माइला–कान्छा लकडाउन राहत सहयोग

दैलो न्युज दैलो न्युज
जेष्ठ १८, २०७७ १५:३१ मा प्रकाशित
चुल्हो निभ्न लागेका ११० परिवारलाई माइला–कान्छा लकडाउन राहत सहयोग
ShareTweetPin

पोखरा, १८ जेठ ।
कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनदिनै बृद्धिसँगै लकडाउन जेठको ३२ गतेसम्म नेपाल सरकारले लम्ब्याएको छ।लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारले दैनिक काम गरेर हातमुख गर्नुपर्ने जनताका लागि खोइ त कार्यक्रम ? लकडाउन हुने वित्तिकै केही राहत त वितरण गर्यो तर किलोमा बाडेको राहतले २ महिना भन्दा साढे दुइमहिनाको लकडाउनलाई पक्कै पनि थक्दैन होला। अब त विपन्न, ज्याला मजदुरी गर्ने मात्रै होइन मध्यम वर्गलाई पनि हातमुख जोड्न समस्या हुने अवस्थामा लकडाउन घोषणा गरी मात्र रहने सरकारको संवेदना कति रहेछ भन्ने बुझिन्छ।
राहत वितरणलाई व्यवस्थित गर्न सरकारले एकद्वार प्रणाली भन्यो।तर सरकारले वितरण गरेको ठाँउ ठाँउमा जनप्रतिनीधिहरुबाट राजनीतिकरण भएको समेत गुनासो आयो।निर्वाचित भएकाहरुले पनि सबैको अभिभावक बन्नबाट साँघुरिए।राहतमा पनि मेरो र तेरो भन्ने गुनासो, जस्ले राहत पाउनै पथ्र्यो उनीहरु पनि राहत प्राप्तीबाट चुके।
यस्तै अवस्थामा पोखरेली दुई चेली पार्वती गुरुङ र माया गुरुङ अर्थात माइला–कान्छा।युके कर्मथलो।लकडाउनले कर्मथलो फर्कन पाउनु भएन । विपन्न, असहाय, अपांगता भएका पोखरेलीको समस्या आफ्नै जस्तो ठान्दै पोखरा महानगरपालिकाबाट राहत वितरणको स्विकृति लिएरै लकडाउनबाट अति प्रभावितहरुको चुल्हो बाल्ने देवीको रुपमा परिणत हुनुभएको छ।महानगरबाट राहत वितरणको पत्र प्राप्त गरे पनि केही वडाहरुमा जनप्रतिनिधीहरुबाटै सहयोगी भुमिका भएन मात्रै होइन आफ्नो वडामा राहत वितरण गर्न नदिने अमानवीय व्यवहार प्रस्तुत गरे।कुर्चीमा बसेका नेता, जनप्रतिनीधिहरुले बरु राहतमा पनि पार्टीका मान्छे, मेरो र तेरो भनेको गुनासो आयो तर माइला–कान्छाले जाति, धर्म, राजनीति केही नभनी राहत वितरणलाई मानवीयता सम्झनुभयो।राहतको अति आवाश्यक हुने पोखरेलीहरुको पहिचान गरी वितरणले सहयोगी हातहरुको साथले कोरोना संक्रमण नेपालमा दैनिक बृद्धि हुदै गर्दा पनि माइला–कान्छा लकडाउन राहत वितरणले आज पनि दिनभर भ्याई नभ्याई भयो।
आज विहानै साइथ इष्ट रिजनल तमु धिं युकेको सहयोगको कोशेली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई १ लाख रुपैयाको सेनिटाइजर र मास्क हस्तास्तरण गरी शुभकार्यको थालनी गर्नुभएकी माइला–कान्छाले दुइ अपांगलाई घरैमा पुगी राहत सहयोग गर्नुभयो।
दिनको दुइ बजे पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गस्थित आँधीखोला दोहोरी साँझको प्राङणमा अपांग, असहाय र दैनिक मजदुरी गर्ने जस्को चुल्हो निभ्न थालेको थियो उनीहरुका निम्ती एक एक बोरा चामल, दाल, नुनसहित माइला–कान्छा प्रस्तुत हुनुभयो।राहतका निम्ती सहभागी अपांगता(फरक क्षमता भएकाहरुलाई खाद्यान्न राहतसँगै नगद समेत उहाँहरुले सहयोग गर्नुहुदा सहभागीहरुले मनैदेखि धन्यवाद व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा पोखरा महानगपालिका वडा नं. १०का वडाध्यक्ष राजकुमार गुरुङले सरकारको निती नियमको सम्मान गर्दै विपन्न, असहाय, अपांग नागरिकहरुको आवाश्यकताका लागि आफुहरुलाई दाताहरुसँग खुल्ला हृदयका साथ समन्वय गरिरहेको बताउनुभयो।कोभिड १९ ले अत्यन्तै प्रभावित युकेबाट जन्मभुमिमा हातमुख जोड्न धौ धौ परेका नागरिकलाई राहत सहयोग पुर्याउनुभएका सहयोगदाता र अभियन्ता माइला–कान्छालाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रममा वडा सदस्य दीपक थापाले आफुले समस्यामा परेका वडाका जनतालाई सक्दो राहत प्रदान गरे पनि लकडाउन लम्बिदै जादा थप राहत आवाश्यकतालाई माइला–कान्छा लकडाउन राहत सहयोगले अपांग दीन दुखीको चुलो बलिरहने विश्वास व्यक्त गर्दै सहयोगी एवम अभियन्ताहरुलाईप्रति आभार व्यक्त गर्नुृभयो।
आज माइला–कान्छा लकडाउन राहत सहयोग अभियानले ११० जना असहाय, अपांग, दैनिक ज्यालादारी गर्नेहरुलाई खाद्यान्न र नगद गरी १ लाख ४७ हजार ९१० राहत वितरण गरेको माइला–कान्छाले जानकारी दिनुभयो। राहत स्वरुप उहाँहरुले एक एक बोरा चामल, दाल, नुन, तेल र अपांगहरुलाई थप नगद समेत सहयोग गर्नुभएको थियो।
उक्त राहत वितरणका लागि दरौ गाँउ भई युके टिडउथ निवासी मिलन र सञ्जु गुरुङ १० हजार, सिक्लेसबाट युके लण्डन उलविच निवासी शशी गुरुङ १० हजार, उलविचकै भक्तबहादुर÷धनमाया गुरुङ १० हजार, बिष्णु र मिना गुरुङ उलविच १ हजार, विययपुर डि गाउ भई लण्डन उलविच निवासी गंगा गुरुङ ५ हजार, स्याङजा सिरुवारी गाउ भई युके मेडिस्टोन निवासी प्रदिप÷आराती गुरुङले १० हजार, पर्वत ठानामौलाबाट युके मेडिस्टोनमा रहनुभएका सागर÷अज्मी गुरुङ १० हजार, रोजिना गुरुङ एण्डोभर ,पर्वत खाल्टे गाउ भई स्विण्डन निवासी झमान÷जुमकुमारी गुरुङ ५ हजार ८२५, पर्वत र्दुलुङ गाउभई युके स्विण्डन निवासी भक्त÷सत्यदेवी गुरुङ ४ हजार ९७०, पवर्त चित्रे घरभई एण्डोभर निवासी भोवरर्सिह÷सविता घले ४ हजार ९७०, पर्वत आर्थरबाट युके एण्डोभर निवासी पशुपति र बिना गुरुङले ४ हजार ९७०, दुर्लुङ गाउ भई लेजेष्टर निवासी गोलमान÷मिना गुरुङले ४ हजार ४०२, पर्वत आर्थरबाट युके एण्डोभर निवासी योगेश÷मनमाया गुरुङले २ हजार ३८२,गोरखा घर भई युके लण्डन रहनु भएका रामचन्द्र÷विष्णु गुरुङले ७ हजार १५०, थेम्समीड निवासी सिद्धार्थ,गंगा र छोरा समर गुरुङले ७ हजार १५०, अजुुनी लिम्बु, गंगा गुरुङर छोरी अंसी लिम्बुले १० हजार, एण्डोभर निवासी योग्यरथ÷मनमाया गुरुङ २ हजार २८२, सिरुवारी गाँउ अहिले लण्डन बेक्स्लीहिल निवासी पवन मेरिसा गुरुङ ५ हजार, अर्मला गाउ भई लण्डन निवासी लोकेन्द्र सिर्जना गुरुङले १५ हजार, लोकेन्द्र गुरुङको छोराछोरी आहाना र आवाध्याले १० हजार रुपैया सहयोग पठाउनुभएको अभियन्ता पार्वती गुरुङ माइलाले जानकारी दिनुभयो। उक्त सहयोगदातमरुको आफुहरु माध्यम  बन्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुहुदै सहयोगीहरुलाई आभार समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us