२० जेठ, काठमाडौं । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २ हजार ९९ पुगेको छ । यस्तै नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या २६६ पुगेको छ भने हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-