२२ जेठ, काठमाडौं । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरी ३, रौतहट ६४, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ भने २९० जना उपचारपछि डिस्चार्ज भएका छन् । ९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-