२७ जेठ, काठमाडौं । नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २९२ जना पुरुष र ३१ जना महिला छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।भने १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ त्यस्तै निको हुनेको संख्या ५८४ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-