३० जेठ, काठमाडौं । नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ ।
संक्रमित हुनेहरुमा मोरङ, झापा, महोत्तरी, चितवन, धादिङ, सप्तरी, उदयपुर, सिरहा, इलाम, सुनसरी, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी, बर्दिया, बाँके, धनुषा, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख, सुर्खेत, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, बारा, नुवाकोट तथा रौतहटका रहेका छन ।
कोरोनाबाट १५ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या ८७७ जना पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-