काठमाडौं । सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघि असार १६ गतेसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले असार १६ गतेसम्म स्थागन गरेको हवाई उडानलाई ५ दिन थप गर्दै असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन ।
सरकार हवाई उडान बन्द गरे पनि उद्धार तथा कार्गो भने गर्न पाउनेछन । यस अघि सम्पूर्ण हवाई उडान बन्द गरे पनि लकडाउनका कारण नेपालमा फसेका विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली ल्याउनका लागि भने विशेष अनुमतिमा उडान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-