काठमाडौं । हिमालय एयरलाईन्सले विदेशबाट नेपालीहरु ल्याउन आफ्नो उडान तालिका सार्वजनिक गरेको छ । सरकारले यस अघि जेठ २९ गते नै विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन हवाई भाडादर कायम गरेसँगै उनीहरुलाई ल्याउने समय तालिकासमेत सार्वजनिक गरेको थियो । जस अनुसार कम्पनीको जहाजले १९ उडान गर्नेछन ।
तालिका अनुसार हिमालय एयरलाईन्सले मंगलबारदेखि आफ्नो उडान सुरु गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार मंगलबार अर्थात जुन १६ तारिकमा कोलोम्बो, श्रीलंका, माले र माल्दिब्भ्सबाट नेपालीहरुलाई स्वदेश ल्याउनेछन । जसका लागि हवाई भाडा भने ३८० डलर रहेको छ ।
यस अघि हिमालय एयरलाईन्सले जुन १५ मा साउदी अरब र सिंगापुर, जुन १६ मा कुवेत, श्रीलंका र माले, जुन १७ मा बंगलादेश र कतार, जुन १८ मा क्वाललम्पुर र मस्कट, १९ मा साउदी र नाइजेरीया, जुन २० मा युएई र बंगलादेश, २१ जुनमा कुवेत र क्वालालम्पुर, २२ जुनमा पाकिस्तान र कतार, जुन २३ मा युएई र युगान्डा, २५ जुनमा साइप्रस र इजरायलबाट नेपालीहरुलाई ल्याउने तालिका सार्वजनिक भएको थियो ।
सरकारले दिएको तालिकामा केही परिवर्तन भए पछि कम्पनीले जुन १६ अर्थात मंगलबारदेखिमात्रै आफ्नो उडान सुरु गर्ने भएको छ । जस अनुसार जुन १७ मा सिंगापुर, नोमपेन्हे, कम्बोडिया र बंगलादेशको राजधानी ढाकाबाट नेपालीहरु ल्याउनछन । कम्पनीले बंगलादेशको राजधानी ढाकाको लागि १६५ डलर र सिंगापुर, नोमपेन्हे, कम्बोडियाका लागि ५२० डलर हवाई भाडा तोकिएको छ ।
त्यस्तै जुन १८ मा मलेसिया र साउदीअरेबियाबाट नेपालीहर ल्याउनेछन । मलेसियाको लागि हवाई भाडा ३७२ डलर रहेको छ । जुन १९ मा साउदी अरेबिया र माल्दिभ्सको लागि उडान गर्ने छन । साउदीको लागि ४६५ डलर र माल्दिभ्सको लागि ४८० डलर हवाई भाडा तोकिएको छ । त्यस्तै आबुधाबीको लागि ३८५ डलर रहेको छ ।
कम्पनीले गर्न लागेको उक्त चार्टड उडानमा कम्तीमा ८५ प्रतिशत अकुपेन्सी भए मात्रै उडान हुने छ । साथै यात्रुहरुले पीसीआर वा आरडीटी परीक्षण गरेको नेगेटिभ रिपोर्ट रहेका प्रमाण भने टिकट बुकिङको समयमा बुझाउनु पर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-