१ असार, काठमाडौं । सोमबार नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् भने १९ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-