काठमाडौं । हरेक युवाको चाहाना हुन्छ गाउँ छोडेर शहर पस्ने अनि धेरै पैसा कमाउने । शहरमा पनि भनेको जस्तो पैसा कमाउन नसके पछि विदेशतिर जाने । तर केही युवाहरुभने गाउँछोडेर शहर पस्ने अनि आफ्नै केही ब्यापार ब्यवसायी गर्ने । हो हामी यहाँ म यस्तै गाउँ छोडेर शहर पसेका केही युवाहरुको विषयमा चर्चा गर्न गईरहेको छु । करिब १० बर्ष अघि गाउँछोडेर आएका केही युवाहरुले अहिले करिब ४१ रोपनी जग्गामा आफ्नै कृषि र्फम संचालन गरिरहेका छन । जसबाट उनीहरुले १५-२० जनालाई रोजगारी समेत दिन सफल भएका छन ।

४५ लाख लगानी गरेर बार्षिक ८० लाख रुपैयाँ कमाउने उद्देश्यले कृर्षि फाम संचालन गरेको र्फामका अध्यक्ष नवराज दाहालले भने, ‘हाल मुलपानी स्थित लगभग ४१ रोपनीको हाम्रो कृषि फाममा लगभग ४५ लाख लगानी भएको छ, दैनिक १५÷२० जनाले रोजगार पाएकाछन हामीले यो बर्ष ८० लाख आम्दानी गर्ने योजना बनाएका छौ । तर सरकारको योजना अनि हालको बजारको स्थित हेर्दा के कति आम्दानी गर्न सकिन्छ भन्नेकुराको आंकलन गर्न गाह्रो छ तै पनि हामी यसलाई निरन्तर दिनेछौ । पहिला आउँदा के खाऊ, के लाऊ, कहाँ जाऊँ जस्तो लाग्थ्यो जे होस स्मरण गर्दा साह्रै काल्पनिक लाग्छ ।’

दोलखा बैत्यश्वर गाउँपालिका वडा नं ३ का ५ जना युवाहरुले गरेको ब्यवसाय कसरी अगाडी बढाई रहेको छ ? उनीहरु कसरी यो अवस्थासम्म आईपुगे केही चर्चा गर्ने छौं । समय अगाडि बडदै गयो हरेक दिन नयाँ के गर्ने कसरी आत्मनिर्भर हुने भन्ने कुराले मन पोलिरहन्थो एक दिन हामी ५ जना युवा बसेर अब हामी केही गर्नु पर्छ भन्ने सल्लाह भयो र कृषिमा लगानी गर्ने भन्ने निर्णय गरियो । मेरो एक मनले भन्यो व्यबस्थापन बिषयमा स्नातकोत्तर गरेको छु कुनै जागिर गरेर ६०, ७० हजार महिनाको आम्दानी गरेको छु किन यो दुख गर्नु ? अनि सम्झी हिजो पढने बेला मेरो जिवनमा बुबाको भुमिका निर्वाहागरेर मलाई हौसला दियेर यो सन्सारमा दुख सुख जीवन आइरहन्छ तर केही गर्नु पर्छ भनेर हरेक पलमा हौसला दिने मेरो ठुलोमामाको जिवनको बितेका दुख सम्झी उहाँ पनि बिगत २०, २५ बर्ष आगाडी प्राध्यापक भएर पनि कृषि लगाएतका हरेक काममा सक्रिय भएको सबै स्मरण गर्दा मैले केही गर्नु पर्छ भन्ने लाग्यो त्यसैले कृर्षि ब्यवसायलाई अगाडी बढाउने निर्णय गरे अध्यक्ष दाहालले भने ।

उपाध्यक्ष तथा सस्थाका ब्यबस्थापक सुबाश दाहाल भन्छन : गाउँ छाड्यौ पहिले नै, वैदेशिक रोजगार पनि चाखियो । विदेशमा पैसा कमाउन के सजिलो हुन्थ्यो ? धेरै दुःख, सुख खेपियो अब चै आफ्नो देशमै केही गर्नु पर्छ भन्ने जोश आयो साथीभाइसँग कुरा राखियो । उनीहरूले पनि आफ्नै माटोमा केही गर्नु पर्छ भन्नेमा जोड दियो सोही अनुसार हामी अघि बढीरहेका छौं । अहिले आफैं मालिक भएको छु, नाफा कम भएपनि काम गर्ने मज्जा छ । सरकारले केहि सौहुलियत दियो भने हामी लगभग ३० जानलाई रोजगार दिनसक्छौ उनले भने । ५ जनाको साझेदारीमा सुरु भएको उक्त कृर्षि फाममा अहलिे बिभिन्न तरकारीहरु उत्पादन भईरहेका छन । जस्तै गोलभेडा, काँक्रो, सिमी, घिरौंला, बक्कुला, काउली, बन्दा, मुला, साग, खुर्सानी तथा करेलालगायतका रहेका छन ।

उक्त फामबाट अहिले दैनिक ४०-४५ हजार रुपैयाँको फलफुल तथा तरकारीहरु बिक्री वितरण भईरहेको संस्थाका अध्यक्ष दाहालले जानकारी दिएका छन । संस्थाको अध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा सुबाश दाहाल, सचिव रामशरण दाहाल, कोषाध्यक्षमा ऋषि राज दाहाल र राम कुमार दहाल रहेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-