काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणबाट ४ लाख ४५ हजार ९८६ जनाको ज्यान गएको छ । उपचार पछि घर फर्कनेको संख्या ४३ लाख ६ हजार ७४९ पुगेको छ भने हालसम्म संक्रमितको संख्या ८२ लाख ७५ हजार ८८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ हजार ६६१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७९८ जना रहेको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा बढी मृत्यु हुनेदेशमा मेक्सीको रहेको छ । जहाँ ७३० जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै बोलेभियामा २७, दक्षिण कोरियामा १ जना, ग्वाटेमालामा १९ जना तथा इक्वटोरियलगुनियमा २० जना रहेको छ ।
सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा २२ लाख ८ हजार ४ जना संक्रमित रहेका छन भने मृत्यु हुनेको संख्या १ लाख १९ हजार १३२ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै १ लाख जना भन्दा बढी संक्रमितहुने देशहरुमा ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन, इटाली, पेरु, इरान, जर्मन, चिली, टर्कि, फ्रन्स, मेक्सीको, पाकिस्तान र साउदीअरेबिया रहेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-