काठमाडौं । शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितसँगै संक्रमित हुनेको संख्या ८ हजार ६०५ जना पुगेको छ ।
संक्रमितहुनेहरुमा मोरङ, बारा, झापा, बाग्लुङ, बैतडी, गुल्मी, डढ्लधुरा, डोटी, कैलाली, काठमाडौं, नवलपरासी, पाल्पा, रामेछाप, रौतहट, रुपन्देही, सर्लाही, धादिङ, भक्तपुर, कैलाली, तनहुँ, बाँके, बर्दिया, रुकुम, प्युठान, दाङलगायत ७४ जिल्लाका रहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार कोरोना संक्रमण पछि निको भएर घर जानेको संख्या १७६ जना रहेको छ । योसँगै घर फर्कनेको संख्या १ हजार ५७८ जना पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-