११ असार, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ९ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ भने २५ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-