बलाखु, सुनकोशी: ११ असार २०७७: सुनकोशी गाउपालिका (गापा) २ मा संचालित “ओखल्ढुङ्गा सुनकोशी-२ युवा समूह” ले दोश्रो चरणको राहत बितरण अभियान काठमाण्डौ र गाउँमा सम्पन्न गरेको छ । काठमाडौंमा अस्थायी रुपमा बस्ने वडाका ५० र गाउका २६० घरधुरीलाई खाद्यान्न वितरण गरेको अभियान्त यम पाख्रिन तामाङ्गले जानकारी दिनुभयो ।

कोभिड-१९ को विश्वामाहामारीले गर्दा दैनिक मजदुरी गर्ने र निम्न आय भएकालाई परेको असर र परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न दातासगको सहयोगमा अभियान सम्पन्न भएको पनि पाख्रिनले बताउनु भयो ।

यस राहत वितरण अभियान सम्पन्न गर्नको लागि १५ सदस्यीय मूल समिति बनाइएको थियो जसमा १, सुरेन तामाङ्ग , २ जादु तमाङ्ग ३,सरोज तामाङ्ग ४,भिम तामाङ्ग ५, रंजित तामाङ्ग ६, आरबी तामाङ्ग ७, अशोक तामाङ्ग ८, धनमान तामाङ्ग ९, एम पाख्रिन १०, सुदिप तामाङ्ग ११, कृष्ण तामाङ्ग १२, सोनाम दोर्जे तामाङ्ग १३, दिलिप तामाङ्ग १४, पदम पाख्रिन तामाङ्ग १५, रोमन तामाङ्ग
प्रतिक्रिया लेख्नुहोस्:-