१३ असार, काठमाडौं । शनिबार थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् भने ततप एकजनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-